Newslaya Home

​सन्दीपले मोर्गन, क्रिस गेलसँगै क्रिकेट खेल्ने, हेभी पारिश्रमिकमा टि १० को लागि छनोट

मङ्गलबार ०९, असोज २०७५

काठमाडौ । नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि १० क्रिकेट लिग २०१८ का लागि छनौट भएका छन् ।

युनाइटेड अरब इमिरेट्समा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको लिगमा केरला किंग्सले उनलाई ड्राफ्टमार्फत छनौट गरेको हो ।

सन्दिपको टिममा इंग्ल्याण्ड कप्तान अवेन मोर्गन कप्तान छन् । यस्तै सन्दिपसंगै टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, दासुन शनाका, पल स्टरलिङ्ग जस्ता खेलाडीहरु छन् ।

टि १० लिगको पहिलो संस्करण गत बर्ष भएको थियो, जसमा केरला किंग्सले जित हात पारेको थियो । उसले फाइनलमा पन्जाबी लेजेड्सलाई पराजित गरेको थियो । 

टि १० लिगमा कुल ६ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् । यी टिमहरुमा विश्वका स्तरीय खेलाडीहरु रहेका छन् । 

सन्दिप लामिछानेका नेपाल ब्यबस्थापक रमन शिवाकोटीका अनुसार सन्दिपले ३० हजार अमेरिकी डलर पाउनेछन् । यो भनेको ३४ लाख रुपैया हो ।

यस अघि अफगानिस्तान प्रिमियर लिग ड्राफ्टमा सन्दिप १५ हजार डलरमा, ग्लोबल टि २० लिग क्यानडामा ४० हजार डलर,  क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा इन्डियन प्रिमियर लिगमा २० लाख भारतीय रुपैयाँमा सन्दिप बिक्रि भएका थिए ।