Newslaya Home

​तेह्रथुममा दुई युवाको कुटपिटबाट दम्पती गम्भीर घाइते

बुधबार १०, असोज २०७५

तेह्रथुम । तेह्रथुममा दुई युवाको कुटपिटबाट दुई जना गम्भिर घाइते भएका छन् । छथर गाउँपालिका–३ पञ्चकन्यामा ३० वर्षीय रमेश तामाङ र २५ वर्षीय प्रकास तामाङले स्थानीय ५६ वर्षीय पदम तामाङ र उनकी ५० वर्षीय श्रीमती दुर्गामायामाथि कुटपिट गरेका हुन् ।

सामान्य विवाद चर्किँदै गएपछि युवाहरुले दम्पतीलाई आक्रमण गर्दा तामाङ दम्पती गम्भीर घाइते छन् । 

घाइते दुबैलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाइएको पीडित परिवारले बताएको छ ।

कुटपिटमा संलग्न रमेश र प्रकासलाई ईलाका प्रहरी कार्यलय बसन्तपुरको प्रहरी टोलीले प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।