Newslaya Home

​शनिवारको दिन भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिबार २०, असोज २०७५

हिन्दु धर्ममा शनिबार शनिदेवलाई पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । 

यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजनमा सावधानी अपनाउनुपर्ने हुन्छ । 

केही खानेकुरा यस्ता छन् जसलाई शनि देवताले मन पराउँदैनन् । 


– सादा दूध र दही शनि देवताले मन पराउँदैनन् । शनिवारको दिन दूध अथवा दही सेवन गर्न चाहनुहुन्छ भने त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउन नभुल्नुहोस् ।

–शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । 

– शनिको प्रकोपबाट बच्न चाहनुहुन्छ भने शनिवारको दिन आँपको अचार नखानुहोस् । आँपको सेवन शनिदेवलाई मन पर्दैन । 

– शनिवारको दिन रातो खुर्सानी पनि नखानुहोस् । रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् ।