Newslaya Home

यसकारण खानुहोस् चुकन्दर

आइतबार २१, असोज २०७५

चुकन्दरलाई सलादको रुपमा खाने गरिन्छ । यसको फाइदाबारे धेरै मानिसलाई थाहा छ । तर यसको पातको फाइदाबारे भने कमैलाई मात्र थाहा हुन्छ । चुकन्दरको साथ यसको पातहरु पनि एकदम गुणवान हुन्छ । 

जुन महिलालाई एनीमिया हुन्छ उनिहरुको लागी चुकन्दर बरदान हो । यसले रगतको कमिलाई पुरा गर्छ । चुकन्दरको पातले पनि रगत कमि हुने व्यक्तिलाई रगत पुरा गर्नमा सहयोग गर्छ । यसमा आयरन धेरै मात्रमा पाईन्छ । यसले रगतको कणलाई बढाउन सहयोग गर्छ ।

डायबिटीज रोगको लागि पनि चुकन्दर एकदम फलदायी छ । यो खानाले शारिरिक तन्दुरुशती पनि बढाउँछ ।

चुकन्दरको पातमा अत्याधिक मात्रामा कैल्शियम पाईन्छ । यसले शरीरको विकास र हड्डिको विकासमा एकदम फलदायी छ । चुकन्दरको १०० ग्राम पातमा ९९ मिलीग्राम क्यालशियम पाईन्छ ।

पहिला पुरुषहरु चुकंदर यौन स्वास्थ्यको लागि सेवन गर्थे । चुकन्दरमा नाइट्रिक आँक्साइड एकदम ज्यादा मात्रामा हुन्छ जसले रगत वाहिनियोको विस्तार हुन्छ यसले अंगहरुमा रगतको रफतारलाई बढाउनमा सहयोग गर्छ ।

चुकन्दरको जुस सेवन गर्नाले व्यक्तिको स्टामिना १६ प्रतिशत बढछ । शरीरमा अक्सिजन बढनाले दिमाग पनि सहि तरिकाले आफनो काम गर्न सफल हुन्छ । चुकन्दरको सेवन गर्नाले डिमेंसियाबाट पनि राहत पाउन सकिन्छ ।