Newslaya Home

​अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी शोधकर्तालाई

मङ्गलबार २३, असोज २०७५

काठमाडौं ।  यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी शोधकर्तालाई दिईने भएको छ । 

अर्थशास्त्रको क्षेत्रमा योगदानका पुर्याउने विलियम नोरधाउस र पल रोमेरलाई यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । 

रोयल स्विडिस एकेडमी अफ इकोनोमिक्सले जलवायु परिवर्तन र आर्थिक विकासमाथि खोजका लागि विलियम र पललाई ९० लाख स्वडिस क्रोनर (करिब ११.७१ करोड नेपाली रुपैयाँ) प्रदान गरिने जनाइएको छ ।