Newslaya Home

​हिन्दुसँग प्रेम सम्बन्ध राखेका भन्दै एक मुस्लिम किशोरीलाई ५ घण्टा बाँधेर यातना

मङ्गलबार २३, असोज २०७५

नयाँदिल्ली । भारतको बिहारमा एक मुस्लिम किशोरीलाई हिन्दु पुरुषसँग प्रेम गरेको भन्दै आफ्नै परिवारसहित स्थानियले रुखमा बाँधेर यातना दिएका छन् । 

बिहारको नोएडास्थित एक मुस्लिम बस्तीमा १८ वर्षीया किशोरीलाई एक हिन्दु पुरुष रुपेश कुमारसँग प्रेम सम्बन्ध राखेको भन्दै परिवारसहित स्थानीयले रुखमा बाँधेर ५ घण्टासम्म यातना हुन् ।

ती मुस्लिम किशोरीको नाम भने खुलाइएको छैन ।

यस्तो घटना स्थानीयले मोबाइल फोनमा भिडियो खिचेर सार्वजनिक गरिदिए पछि घटना सार्वजनिक भएको थियो। घटनाबारे प्रहरीलाई रिपोर्ट भए पनि कसैलाई पक्राउ गरेको छैन । भिडियोमा ती किशोरीलाई रुखमा बाँधेर परिवार र छिमेकीले निर्घात कुटपिट गरिरहेका छन् ।