Newslaya Home

​परीक्षा नदिएकालार्इ लाइसेन्स दिने यातायातका हाकिमसहित १० जनाविरूद्ध मुद्दा

बुधबार २४, असोज २०७५

काठमाडौं । लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएकाहरुलाई पनि लाइसेन्स दिएको आरोपमा बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

परीक्षा नदिएका २०८ जनालाई कार, जीप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’ को सवारी चालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगले तत्कालीन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना कार्यालयका प्रमुख तेजनारायण यादव १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।