Newslaya Home

​आजदेखि असोज ३१ गतेसम्म रुटपरमिट खुला

बुधबार २४, असोज २०७५

काठमाडौं । दशैंमा यात्रुहरुलाई सजिलो बनाउन सरकारले आज (बुधबार) देखि सार्वजनिक सवारीसाधनका रुटपरमिट (इजाजत पत्र) खुला गरेको छ । रुटपरमिट खुला गरिएसँगै अब बसलगायत यात्रुबाहक गाडीले असोज ३१ गतेसम्म जुनसुकै रुटमा चल्न पाउने छन् ।

साथै यात्रु भरिने बित्तिकै जान पाउने छन् । पालो कुरेर बस्नु पर्ने छैन ।

दशैं मान्न काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जाने तथा विभिन्न स्थानबाट उपत्यका आउने यात्रुको यात्रालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि सार्वजनिक सवारीसाधनले रुटपरमिट अर्थात् इजाजत पत्रअनुसार तोकिएको रुटमा मात्र चल्न पाउँथे ।

यस्तै विभागले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म मालबाहक ठूला गाडीलाई चल्न नदिने निर्णय गरेको छ ।