Newslaya Home

​कस्तो अवस्थामा लसुन खानु हुँदैन ? जान्नुहोस्

बिहीबार २५, असोज २०७५

लसुन स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ । यसको प्रयोग औषधिको रुपमा पनि गरिन्छ । तर केही यस्ता स्वास्थ समस्या भएका मानिसहरुलाई लसुन खानु राम्रो मानिदैन । जान्नुहोस् कस्ता व्यक्तिले खानु हुँदैन लसुनः  

गर्भवती अवस्थामा
लसुनले गर्मी गराँउछ । यदि गर्भवती अवस्थामा धेरै लसुन खाएमा गर्भ तुहिने खतरा पनि हुन् सक्छ ।

होमियोप्याथिक ओषधि प्रयोग गर्दा
होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने पनि लसुन खानुहुदैँन । यस्तो अवस्थामा लसुन खाएमा औषधिले काम गर्दैन् ।

निम्न रक्तचाप भएमा
धेरै लसुुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिले देखि नै लो ब्लडप्रेशरको समस्या छ भने लसुन नखानुहोस् ।

एनिमिया भएमा
लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ ।

एलर्जीको समस्या भएमा
जसलाई एलर्जीको समस्या छ उनीहरुलाई लसुन खाएमा झन बढि हुन सक्छ ।

गर्भ निरोधक पिल्स लिएमा
धेरै लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन त्यसैले गर्भ निरोधक पिल्स सेवन गरिरहनुभएको छ भने लसुन नखानुहोस् ।

कलेजोको समस्या भएमा
कलेजोको समस्या भएका व्यक्तिले लसुन खानु हुँदैन । यदि यस्ता व्यक्तिले लसुन खाएमा झनै समस्या बढ्छ ।

सर्जरी गर्दा
लसुन धेरै खानाले रगत पातलो हुन्छ । सर्जरीको समयमा धेरै ब्लिडिङ हुन सक्छ ।

पेटमा समस्या भएमा
यदि पेटमा गडबडी छ अल्सर, डायरिया जस्ता समस्या छन् भने लसुन नखानुहोस् ।

रगत पातलो बनाउने औषधि लिदा
लसुनले रगत पातलो बनाँउछ । पहिले देखि नै यस खालको औषधि लिइरहनुभएको छ भने समस्या झनै बढ्न सक्छ ।