Newslaya Home

​धनकुटाको चौबिसे गाउँपालिकाका सबै वडाहरुमा सीसी क्यामेरा

बिहीबार २५, असोज २०७५

धनकुटा । धनकुटाको एक गाउँपालिकाका सबै वडाहरुमा सीसी क्यामेरा जडान गरिएको छ । 

गाउँपालिकाको सेवालाई चुस्तदुरुस्त र पारदर्शी बनाउनका लागि धनकुटाको चौबिसे गाउँपालिकाका सबै वडाहरुमा सीसी क्यामेरा जडान गरिएको हो ।

सूचना र प्रविधिलाई अधिकतम प्रयोग गर्दै जनताले पाउँदै आएका सेवा प्रवाहलाई छिटोछरितो बनाउनको लागि चौबिसे गाउँपालिका अन्तर्गत रहेका आठवटै वडाहरुमा सीसी क्यामेरा जडान गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

अध्यक्ष राईका अनुुसार यस वर्षको असोज महिनादेखि गाउँपालिकाको ८ वटै वडाहरुमा सीसी क्यामेरा जडान गरी सुरु गरिएको छ । 

सीसी क्यामेरा जडान गरिएसँगै वडा कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाले नेट मार्फत इन्टरकम टेलिफोन सेवा पनि संचालन गरेको छ ।