Newslaya Home

​लोकसेवाले गर्‍यो १०६ कर्मचारीलाई कारबाहीको सिफारिस

शुक्रबार २६, असोज २०७५

काठमाडौं  । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाही गर्ने भएको छ । 

आयोगले सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई कारबाहीकालाथि सरकारसमक्ष सिफारिस गरिएको हो। ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ भने २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ। 

विभागीय कारबाहीका लागि परामर्श माग भई आएकामा आयोगले छानबिन गरी कारबाहीका लागि सरकारलाई परामर्श दिएको आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।