Newslaya Home

​भारतमा तितली आँधीका कारण ८ जनाको मृत्यु

शुक्रबार २६, असोज २०७५

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा तितली आँधीका कारण आठ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको श्रीकाकुलम, विजयनगरम र ओडिशामा आँधीले क्षति पुर्याएको हो । 

बिहीबार बिहान १६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको तितली आँधीले अन्य थुप्रै मानिसहरुको ज्यान गएको आशंका गरिएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।