Newslaya Home

काठमाडौंका लागि हिँडेको बस सिन्धुलीमा दुर्घटना

शुक्रबार २६, असोज २०७५

काठमाडौं । सिन्धुलीको तामाकोशी गाउँपालिकाको मुलकोट भन्ने स्थानमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

सिन्धुलीको मरिङबाट काठमाडौंका लागि हिँडेको ना ६ ख ९१२ नम्बरको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका अनुसार बस सुनकोशी नदीमा खसेको हो । 

यात्रुहरुको उद्दार भइरहेकाले घाइते हुनेहरुको संख्या यकीन भइनसकेको प्रहरी  जानकारी दिएको छ ।