Newslaya Home

आज नेपालले सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दै

शुक्रबार २६, असोज २०७५

काठमाडौँ । नेपालले आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा  शुक्रबार सिङ्गापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

क्वालालम्पुरस्थित वायुमस ओभल मैदानमा नेपाल र सिङ्गापुरबीचको खेल मध्याह्न शुरु भएको छ । आजको खेलको विजेता प्रतियोगिताको विजेता बन्नेछ । 

यसअघि भएको  पाँच खेलमा लगातार जीत निकालेको नेपालले अन्तिम खेलमा सिङ्गापुरसँग खेल्न लागेको हो ।