Newslaya Home

राष्ट्रिय जागृती क्लब आमझोकी फूटबलको फाइनलमा

शुक्रबार २६, असोज २०७५

सुनसरी । राष्ट्रिय जागृती क्लब इटहरीमा जारी प्रथम आमझोकी फूटबल प्रतियोगिताको उपाधी नजिक पुगेको छ । 

शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलमा धरानको गोधुली टेनिङ सेन्टरलाइ २–१ गेल अन्तरले पराजित गर्दै राजा क्लब उपाधि नजिक पुगेको हो । 
राजा क्लबलाई बिजयी गराउन एलोन राइ र नितेश तामाङले १–१ गोल गरे । गोधुलीका लागी बिरेन्द्र लिम्बुले एक गोल फर्काए ।

खेलको म्यान अफ द म्याच बिजयी टिम राजा क्लबका दिलबहादुर तामाङ घोषित हुदै नगद १ हजार र टफी पाए । प्रतियोगिताको उपाधी भिडन्त आइतबार हुनेछ । 

आइतबार हुने फाइनलमा राजा क्लबले दंगा प्रहरी दुहबीको सामना गर्नेछ । यसअघि बिहिबार भएको खेलमा चौधरी कन्टक्सन पकलीलाइ पराजित गर्दै दंगा प्रहरी उपाधी नजिक पुगिसकेको छ । 

प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित ट्रफी पाउने आयोजकले जनाएको छ ।