Newslaya Home

​शिखर सुज भलिबलको उपाधी नजिक

शुक्रबार २६, असोज २०७५

सुनसरी । शिखर सुज इटहरीमा जारी प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी नजिक पुगेको छ । 

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा मेहरमान स्मृति प्रतिष्ठान झापालाइ २५–१२, २०–२५, २५–१६ र २५–१७ को सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

सेमिफाइनल यात्राका लागि शनिबार बिहान दोस्रो सेमिफाइनल खेल एपीएफ र एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बिच हुनेछ । 

यसअघि शुक्रबार नै भएका दोस्रो चरणको खेलहरुमा एपिएफले झापालाई पराजित गर्दा मेहरमान स्मृति प्रतिष्ठानले आयोजक प्रगति समाज सेवा क्लबलाई पराजित गरेको छ । यस्तै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पब्लिक क्याम्पस बिराटनगरलाइ पराजित गरेको छ । 

शनिबार भलिबलको फाइनल खेल हुनेछ । क्लबका अध्यक्ष बिक्रम थापाका अनुसार बिजेतालाइ ७५ हजार र उपबिजेतालाइ ३५ हजार नगद सहित शिल्ड प्रदान गरिने छ । 

यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाइ पनि नगद २ हजार र उत्कृष्ट खेलाडीलाइ नगद ५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए । बिगत बर्ष विश्व आदर्श स्कुलको खेल मैदानमा हुने सो प्रतियोगिता यस वर्षदेखि क्षेत्रिय रंगशालामा सञ्चालन भैरहेको छ ।