Newslaya Home

​दशैको मुखमा तलब नदिए पछि वीपीका सुरक्षाकर्मी धर्नामा

सोमबार २९, असोज २०७५

धरान । दशैको मुखमा पनि तलब, सुविधा नदिए पछि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । 

सुरक्षाको ठेक्का पाएको केटिएम सेक्युरिटी कम्पनीले तलब, सुविधा नदिएको भन्दै उनीहरुले कम्पनीको कार्यालय अघि धर्नामा बसेका छन् । कम्पनीको तोकेको स्थानमा डयुटी नगरि कामनै ठप्प पारेर धर्नामा बसेका हुन् । नेपालीहरुको महान चाड दशै मनाउने समयमा तलब, दशै भत्ता, वृद्धि भएको १५ दिनको तलब नदिएकाले आइतबार देखि धर्नामा बसेका छन् ।

प्रतिस्ठानको सुरक्षाका लागि ३ बर्ष अगाडी केटिएमले ठेक्का पाएको थियो । सुरक्षाकर्मीहरुले आफुहरुको तलब  र खाईपाई आएको सुबिधा र वृद्धि भएको तलब नपाउन्जेल डयुटी नगर्ने जनाएका छन् । 

यता कम्पनीका प्रमुख रामेश्वर शाहले भने बिपि प्रतिस्ठानले कम्पनीलाई २ महिना देखि रकम भुक्तानी नगरे पनि सबै सुरक्षाकर्मीको तलब चै पठाईसकेको दाबी गरे । सुरक्षाकर्मी भने आधाको मात्रै आएको भन्दै कट्टा गरेको तलब भत्ता समेत पाउनुपर्ने माग गरेका छन् ।