Newslaya Home

साथीसँग घुम्न गएका १८ वर्षीय युवकको हत्या

सोमबार २९, असोज २०७५

सिरहा । धनगढीमाई नगरपालिका–९ का १८ वर्षीय एक युवकको हत्या भएको छ । सोमबार धनगढीमाई नगरपालिका–७ कसहाको टेना टोल नजिक १८ वर्षीय जिलासकुमार यादव शव भेटिएको हो। 

उनको शव खेतबारीमा जाँदै गरेका स्थानीयले बारीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय गोलबजारबाट आएको प्रहरी टोलीले घटनास्थल शिल गरेर अनुसन्धान थालेको छ । 

प्रहरीले स्थानीय जनप्रतिनिधिको समेत उपस्थितिमा घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहान पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

गाउँका दुई जना साथीसँग चोकतिर घुम्न गएका जिलास साँझ घर नफर्किएपछि परिवारजनले खोजी गरिरहेकै बेला शव भेटिएको जनाएको छ।