Newslaya Home

​आफ्नो बाबुसँग अनैतिक सम्बन्ध राख्ने महिलाको हत्या

सोमबार २९, असोज २०७५

वीरगञ्ज । बाबुसँग अनैतिक सम्बन्ध राख्ने महिलाको हत्या गरिएको छ । बारामा छोराले ती महिलाको घाँटी रेटेर हत्या गरेका छन् ।

उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो ।

मृतक सियापति र पक्राउ परेका रविन महतो धानुकको बाबु दशरथ महतो नुनियाबीच करिब डेढ वर्षदेखि अनैतिक सम्बन्ध रहँदै आएको खुलेको थियो । बारम्बारको विवादपछि छोराले बाबुसँग अनैतिक सम्बन्ध राख्नेको हत्या गरेका हुन् ।

अनैतिक सम्बन्धका कारण गाउँमा बेइज्जत भयो, दुवैलाई सम्झाउँदा पनि भनेको नमानेपछि हत्या गरेको उनले बताएका छन् ।

असोज ६ गते दिउँसो मृतक सियापती धोबिन एक्लै खेतमा घाँस काटिरहेको समयमा रबिन र उनकी श्रीमती मिलेर हत्या गरेका थिए ।