Newslaya Home

के छ श्रीपेचमा ?

सोमबार २९, असोज २०७५

काठमाडौ । सोमबार नारायणहिटी दरबारमा श्रीपेच सार्वजनिक गरियो । बुलेटप्रुफ बाकसमा राखेर श्रीपेच सार्वजनिक गरिएको हो । हीरा, मोती, माणिक, पन्ना, नवरत्न र सुनजस्ता बुहुमुल्य सामग्री जडित यो श्रीपेचमा के के छ त ?

पुरातत्व विभागकाअनुसार श्रीपेचमा सात सय ३० दाना हीरा, दुई हजार तीन सय ७२ मोती, २७ पन्ना र १६ वटा माणिक जडिएका छन् । श्रीपेचको पछिल्तिर झुन्डिएको कल्ली ुबर्ड अफ प्याराडाइजु नामको चराको पुच्छर हो । राजदण्ड र चमरमा सुन छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले अन्तिम राजाका रुपमा श्रीपेच लगाएका थिए ।