Newslaya Home

ओलम्पिक छनौट: समुह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिए

मङ्गलबार २७, कार्तिक २०७५


काठमाडौँ । सन् २०२० को हुन लागेको ओलम्पिकको लागि भइरहेको छनैटमा समुह चरणको अन्तिम खेल नेपालले बंगलादेशसँग बराबरी खेलको छ । 

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक अन्तर्गत महिला फुटलबको लागि एसियाको प्रारम्भिक छनोटमा नेपालले १–१ को बराबरी खेलेको हो । 

खेल बराबरीमा सकिए पनि नेपाल तेस्रो हुनेमध्ये उत्कृष्ट दुई भित्र पर्दै दोस्रो चरणका लागि छनोट भएको छ।
नेपाललाई कप्तान निरु थापाले १७ औँ मिनेटमा गोल गरेर पहिलो अग्रता दिलाएकी थिइन् । तर खेलको इन्जुरी टाइममा बंगलादेशका लागि अखिल खातुनले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो । 

म्यानमारमा भइरहेको समूह सी अन्तर्गत सबै बराबरी खेलेको नेपालको ३ अकंका साथ तेस्रो भएको हो। तर पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेका चार समूहको तेस्रो हुनेमध्ये नेपाल उत्कृष्ट दुईमा पर्दै दोस्रो चरण पुगेको हो।

यसअघिका खेलहरुमा नेपालले भारत र म्यानमारसँग १–१ को बराबरी खेलेको थियो । म्यानमार भारतले भने दुई खेलबाट ४–४ अंक जोडेका छन्। आजै हुने यस खेलमा जस्तो नतिजा आएपनि दुवै टोली शीर्ष दुईमा रहँदै दोस्रो चरणमा पुग्नेछन्।