Newslaya Home

​इनरुवामा यसरी जल्यो घर

मङ्गलबार २७, कार्तिक २०७५

इनरुवा । इनरुवा नगरपालिकाको सखुवागाछीस्थित एक घरमा आगो लाग्दा जलेर नष्ट भएको छ ।
स्थानिय सुरेन्द्र दुलालको घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।

बिजुली सर्ट भएको अनुमान गरिएको छ । आगो निभाउन इटहरी, दुहबी लगायतका ठाउँबाट दमकल पुगेका थिए ।

इनरुवामा भएको आगलागीमा इनरुवाकै दमकल नपुगेपछि सर्वसाधारणले फेसबुकमार्फत्समेत आक्रोश पोखेका थिए ।
इनरुवाको दमकल भने बिग्रेर थन्किएको बताइएको छ ।