Newslaya Home

​३० भन्दा बढी अकबरे चपाएर खाए इटहरीका ध्रुवले (भिडियोसहित)

मङ्गलबार २७, कार्तिक २०७५

इटहरी । खोर्सानीमध्ये अकबरे खोर्सानी सबैभन्दा पिरो हुन्छ । पिरो मन पराउने मानिसले अकबरे खोर्सानी खानासँग एउटा खाँदा नै धेरै पिरो हुन्छ । तर इटहरीका ध्रुव चौधरीले बिना पानी पिएर अकबरे खोर्सानी चपाएका छन् । 

उनले यस्तो भिडियो फेसबुकबाट अपलोड गरेका छन् । भिडियोमा उनले खोर्सानी चबाउँदै गरेको देखाइएको छ । दुई मिनेटमा ५० वटा खाने भनिएपनि उनले ५० वटा भने पुर्याएनन् । तर उनले ३१ वटा खोर्सानी चबाएका छन् । अकबरे खोर्सानी यसरी चपाएर खान वास्तवमै निकै आँट चाहिन्छ । हेरौं भिडियो :