Newslaya Home

'आपत्तीजनक' विषय बाहिरिएपछि हटाइए सुदुरपश्चिमका प्रदेश मन्त्री

बुधबार २८, कार्तिक २०७५

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी एमाले पार्टीको सदस्यसमेत नहुने गरि निकालिए । 

उनलाई किन निकालियो भन्ने खास कुरा बाहिर आएको छ । उनको बारेमा आपत्तीजनक विषयको खुलासा भएपछि उनलाई निकालिएको बताइएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको बताइएको छ ।

एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक विचलनका उजुरी परेको र आपत्तिजनक प्रमाणसमेत फेला परेको बताइएको छ । 

उनको एउटा फोन संवादलेसमेत उनलाई निकाल्न बल मिलेको बताइएको छ ।

सोडारी ६ वर्षदेखि कैलालीमा तत्कालीन एमाले र हाल नेकपाको प्रमुख छन् । उनी पार्टीभित्र माधव नेपाल समूहमा छन् ।