Newslaya Home

​विराटनगरमा बिरामी ठग्न सिटी रिक्सा र दलालको प्रयोग

बिहीबार २९, कार्तिक २०७५

विराटनगर । विराटनगरका सिटी रिक्साहरु विराटगरका डाक्टरहरुको दलाल बन्ने गरेका छन् । 

विराटनगरमा केही डाक्टरहरुले सफारीहरुलाई प्रयोग गरेर बिरामीलाई ठग्दै आएको पाइएको छ । एक जना बिरामी ल्याएवापत सिटी रिक्सा तथा दलालहरुलाई ३ सय देखि ३ हजार रुपैयासम्म कमिशन दिने गरिएको छ ।

विराटनगरमा डा. दीपक सिग्देल खोज्दै आएका विरामीलाई सिटी रिक्सा र दलालहरुले डा. आरके सिंहको न्यू नेशनल क्लिनिकमा पु¥याउएको बिरामीहरुले बताएका छन् । सिग्देल विराटनगरमा नै छैनन्, मंसिर १ गते मात्र आउँछन्, उनको साथीले उपचार गर्छंन् जस्ता भ्रम फैलाएर रिक्सा चालकहरुले बिरामीहरुलाई अन्तै पुर्याउने गरेका हुन् ।

सिटी रिक्सा तथा दलालहरु प्रयोग गरेर अन्य डाक्टरको नाममा ठगी गरेको भन्दै मोरङ प्रहरीले पीडितको उजुरीको आधारमा दुई जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।