Newslaya Home

​श्रीलंकाको संसदमा सांसदहरुबिच झडप, एक जना घाइते

बिहीबार २९, कार्तिक २०७५

एजेन्सी । श्रीलंकामा संसदभित्र झडप भएको छ । पूर्व राष्ट्रपति राजापाक्षेका समर्थक र सभामुखबीच भनाभन सुरु भएपछि दोहोरो झडप भएको हो । झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा एक सांसद घाइते भएका छन् । 

राष्ट्रपति मत्रिपाल सिरिसेनाले निर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई गत अक्टोबर २६ मा बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक गतिरोध उत्पन्न भएको थियो ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका राजापाक्षेले संसदमा आफ्नो बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति सिरिसेनाले गत शुक्रबार संसद भङ्ग गरेका थिए भने आगामी जनवरी ५ मा निर्वाचनको नयाँ मिति तोकेका थिए।

तर मंगलबार श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपतिको संसद भङ्ग गर्ने निर्णय खारेज गरेपछि विहीबारको सांसद बैठकमा दुई पक्षबीच झडप भएको हो ।