​गोकुलम रिसोर्टमा पिकनिक आउनेको संख्या बढ्दो

Newslaya Home

​गोकुलम रिसोर्टमा पिकनिक आउनेको संख्या बढ्दो

आइतबार ०२, मङि्सर २०७५

इटहरी । जाडो मौसम सुरु भएसंगै मोरङको सुन्दरहरैचास्थित गोकुलम रिसोर्टमा पिकनिक आउनेको संख्या बढ्न थालेको छ । पूर्व–पश्चिम राजमार्गस्थित बलियाचोकबाट डेढ किलोमिटर भित्र छिरेपछि पुगिने यो रिसोर्टमा इटहरी तथा अन्य स्थानमा मानिसहरु बनभोजका लागी आउने गरेको रिसोर्टका सञ्चालक गिरीस दङ्गालले बताए । 

दङ्गालका अनुसार अधिल्लो बर्ष यो रिसोर्टमा पिकनिक आउनेको सख्या ८०० बढि रहेको थियो । यो वर्षको सुरुवातमा पनि राम्रो संख्यामा मानिस आइरहेको उनले बताए । 

रिसोर्टमा मिनि धरहरा, ताजमहल, आइफेल टावरलगायत विभिन्न विश्वप्रसिद्ध ल्यान्डमार्कहरुका नमूना पनि रहेको छन् । चेस, पञ्जालगायतका विभिन्न आकृती निर्माण गरिएका छन् । यस्ता आकृती र संरचनामा फोटो खिच्ने, पोखरीमा बोटिगं गर्ने, रुखको फेदमा बसेर गफिनेहरुको संख्या दिनहुँ बढ्दो छ ।