​खनारको एक उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

Newslaya Home

​खनारको एक उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

मङ्गलबार २५, मङि्सर २०७५

सुनसरी । इटहरीमा उपमहानगरपालिका–१० को एक उद्योगमा आगलागी भइरहेको छ। 

लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा मंगलबार बिहान आगलागी भएको हो। उद्योगको मुख्य गोदामबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। 

आगो नियन्त्रणका लागि सुनसरीको इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र विराटनगर महानगरपालिकाको दमकल परिचालन भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिए।