मोरङको सुविधायुक्त तरकारी बजार बुधवारदेखि सञ्चालनमा आउने

Newslaya Home

मोरङको सुविधायुक्त तरकारी बजार बुधवारदेखि सञ्चालनमा आउने

बुधबार २६, मङि्सर २०७५

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ मा सुविधायुक्त तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा आउने भएको छ । तरकारी तथा फलफूलको एकीकृत व्यवस्थापनका लागि निर्माण भएको थोक बजार बुधवारदेखि सञ्चालनमा आउने हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजनाले १३ करोड ७६ लाख ५४ हजार रुपैयाँको लागतमा थोक बजारको निर्माण गरेको हो । 

निर्माणका सबै प्रक्रिया सकिएर बजार सञ्चालनमा ल्याउने तयारी भइरहेको ठेकेदार कम्पनी रमन लामा जेभी कन्स्ट्रक्शनका प्रतिनिधि शुभम् बोहराले जानकारी दिए। उक्त बजार प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवका अनुसार बजार सञ्चालनको विधिका विषयमा छलफल भइरहेको छ ।