Newslaya Home

मष्तिस्कले ठुलो स्वरको प्रतिक्रिया चाँडो दिन्छ ?

बुधबार २६, मङि्सर २०७५

काठमाडौं । मानिसको शरीर अनुसार उनीहरुको दिमाग पनि फरक फरक प्रकृतिको हुने गर्दछ । कोही मानिस सुस्त प्रकृतिको हुन्छन् त कोही मानिसको दिमाग एकदमै तीष्ण । तर पनि मानिसको दिमागले ठुलो स्वारको प्रतिक्रिया चाँडो दिन्छ भन्ने एक अनुसन्धान अनुसार देखाएको छ । 

स्विट्जरल्याण्डको जेनेभा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानमा यस्तो देखिएको हो। अनुसन्धानको क्रममा मानिसको आसपासमा घट्ने फरक–फरक आवाजमा मानिसको दिमागले कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुराको अध्ययन गरिएको थियो । 

साथै सम्भावित खतराबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि कुरा भएको थियो । शोधकर्ताहरुले मानिसको आवाजको २२ नमुनाहरु ६०० मिलिसेकेण्डको नमुनाहरु लिएका थिए । उक्त नमुनाहरु एक समुहलाई सुनाइएको थियो र उनीहरुको दिमागको गतिविधिहरु रेकर्ड गरिएको थियो ।

अध्ययनको विवरण अनुसार मानिसको दिमागले कुनै ध्वनि सुनेपछि त्यसको प्रतिक्रिया दिन २०० मिलिसेकेण्डदेखि गर्छ । मानिसको दिमागले सामान्य स्वराम भन्दा पनि रिसाएको स्वर सुन्छ तब दिमागले तत्कालै त्यसको प्रतिक्रिया दिन सुरु गर्छ र यो पक्रिया लामो समयसम्म जारी रहन्छ ।