​रामले सीतालाई विवाह गरी लगेको जनकपुर–अयोध्या बाटो अब फोर लेन

Newslaya Home

​रामले सीतालाई विवाह गरी लगेको जनकपुर–अयोध्या बाटो अब फोर लेन

बिहीबार २७, मङि्सर २०७५

जनकपुुर । रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको बाटोलाई फोर लेन बनाउन सुरु भएको छ । 

भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसलाई रामजानकी राजमार्ग नाम दिएका छन् । यो बाटोले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने उनले बताएका छन् । 

राम–सीता विवाह महोत्सवमा बुधबार जन्ती बनेर जनकपुर आएका आदित्यनाथले भने, ‘त्यसको निर्माणपछि जनकपुरबाट ४ घण्टामै अयोध्या पुगिन्छ ।’

उनले जनकपुर, अयोध्या र बनारसलाई सिस्टर सिटी बनाउने योजना सुनाए । ‘अयोध्या आए, वो जनकपुर जाए, जो जनकपुर आए, वो अयोध्या जाए,’ उनले भने । उनले रामायण सर्किट र जनकपुर–जयनगर रेलमार्गले पनि धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए ।