​जन्ती बोकेर फर्कँदै गरेको जीप दुर्घटना हुँदा बेहुलाका आमाबाबुसहित ६ जनाको मृत्यु

Newslaya Home

​जन्ती बोकेर फर्कँदै गरेको जीप दुर्घटना हुँदा बेहुलाका आमाबाबुसहित ६ जनाको मृत्यु

बिहीबार २७, मङि्सर २०७५

दाङ । दुलही लिएर फर्किँदै गरेको जीप दाङको लमही नगरपालिका–९ मा दुर्घटना हुँदा सवार ८ मध्ये ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बेहुलाका आमाबाबुसहित ६ जना छन् ।

चितवनको गीतानगरबाट बाँकेको शम्शेरगञ्ज फर्किँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोर्पियो जीप महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बससँग ठोक्किएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । बेहुला बेहुली भने अर्को गाडीमा रहेको प्रहरीले जनाएको छ ।

फाइल फोटो