इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र रुपमा बढ्दै

Newslaya Home

इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र रुपमा बढ्दै

बिहीबार २७, मङि्सर २०७५

काठमाडौं  । नेपाल दूरसञ्चार प्राधिरकको प्रतिवेदन अनुसार नेपालमा इन्टरनेटको पहुँच मासिक एक प्रतिशतका दरले बढ्दै गएको छ। 

प्राधिकरणले भर्खरै सार्वजनिक गरेको तथ्यांकले नेपालमा हाल इन्टरनेटको पहुँच ५४.५० प्रतिशत जनसंख्यामा पुगेको देखाएको छ। यसअनुसार नेपालमा एक करोड ५९ लाख ६३ हजारभन्दा बढी मानिसमा इन्टरनेटको पहुँच पुगेको छ।

दूरसञ्चार प्राधिकरणले २०६६ साल साउनमा तयार पारेको प्रतिवेदनअनुसार त्यतिबेला नेपालको कुल जनसंख्याको १.९ प्रतिशत मानिस मात्र इन्टरनेटको पहुँचमा थिए। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) को तथ्याङ्क अनुसार विश्व पनि इन्टरनेट पहुँचका आधारमा तीव्ररूपमा अघि बढिरहेको छ । आईटीयूको पछिल्लो तथ्यांकअनुसार हाल विश्वको कुल जनसंख्या मध्ये ५१.२ प्रतिशतमा इन्टरनेट पहुँच पुगेको छ।