​टर्कीमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु

Newslaya Home

​टर्कीमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु

बिहीबार २७, मङि्सर २०७५

काठमाण्डौ । टर्कीमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ४० भन्दाबढी यात्रु घाइते भएका छन् । राजधानी आंकारा नजिकै एक रेलले अर्को रेललाई ठक्कर दिएको थियो ।

बिहिबार विहान रेल दुर्घटना भएको हो । दुर्घटना पछि घाइतेको उद्धार गरी अस्पताल भर्ना गरिएको छ । घटना बारे अनुसन्धान सुरु गरिएको छ।