​विवाहपञ्‍चमीको मौका पारी चोरी गर्ने ७२ जना पक्राउ

Newslaya Home

​विवाहपञ्‍चमीको मौका पारी चोरी गर्ने ७२ जना पक्राउ

बिहीबार २७, मङि्सर २०७५

जनकपुरधाम । प्रहरीले रामजानकी विवाहपञ्चमीका दिन बुधबार भिडभाड भएको मौका पारी पाकेट मार्ने तथा चोरी गर्ने ७२ जनालाई पक्राउ गरेको छ ।

विवाहपञ्चमी हेर्न जनकपुर पुगेका श्रद्धालुको गरगहना चोर्ने तथा पॉकेट मार्ने क्रममा धनुषा प्रहरीले २० जना महिला सहित ७२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये अधिकांश भारतीय रहेको र उनीहरुलाई एकदिन हिरासतमा राख्दै बिहीबार छोडिएको धनुषाका डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए । यस्तै, चोरी गरेको प्रमाण भएकामाथी अनुसन्धान भइरहेको उनले बताए ।