​नेपालमा तीन वटा दरका भारतीय नोट नचल्ने

Newslaya Home

​नेपालमा तीन वटा दरका भारतीय नोट नचल्ने

बिहीबार २७, मङि्सर २०७५

काठमाडौं । अबदेखि नेपालमा दुई सय देखि दुई हजारसम्मका भारतीय नोट नचल्ने भएका छन् । नेपाल सरकारले भारतीय रुपैया दुई सय, पाँच सय र दुई हजारका नोटहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले सर्वसाधारणलाई भारतीय नोटहरु प्रयोग नगर्नका लागि आग्रह गरेका छन् 

भारतीय सरकारले सन् २०१६ मा पाँच सय र हजारका नोट खारेज गरेको थियो नेपालीले आफूसँग भएका नोटहरु साट्न पाएका थिएनन् ।