Newslaya Home

आफ्नै बहिनीलाई बलात्कार गर्ने दाजू पक्राउ

बिहीबार २७, मङि्सर २०७५

ताप्लेजुङ । आफ्नै बहिनलाई बलात्कार गर्ने दाजूलाई प्रहरीले पक्राउ गरेको छ । 
 
प्रहरीले ताप्लेजुङको फुङलिङ नगरपालिका–१ बाट १९ वर्षीय युवक आफ्नै वर्षीय बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हो । 

उनले घरमा कोही नभएको बेलामा बहिनीलाई पटक–पटक बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ । 

उनी अन्तिम पटक गत मंसिर १८ र १९ गते बलात्कार गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले बताए। 

युवकलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको निरौलाले बताए।