प्रेस पास बोकेर फोटो खिच्दा समेत पत्रकार पक्राउ

Newslaya Home

प्रेस पास बोकेर फोटो खिच्दा समेत पत्रकार पक्राउ

बिहीबार २७, मङि्सर २०७५

काठमाडौं । राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि गएकी देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेस पास लगाएर फोटो खिचिरहेकी शाहलाई प्रहरीले अपरान्ह ४ बजे नियन्त्रणमा लिएको थियो ।
राष्ट्रपतिले महँगो गाडी खरिद गर्न लागेको विषयलाई लिएर बिरोध स्वरुप गरिएको प्रतीकात्मक कार्यक्रमको फोटो खिच्दा उनलाई पक्राउ गरिएको हो । 

जहाँ सर्वसाधारणले एक–एक रुपैयाँ उठाएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो जस्को फोटो खिच्दा पक्राउ गरेको मा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले बताए ।


‘निषेधिक क्षेत्रमा कार्यक्रम गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो’, प्रसाईंले भने, ‘सुरक्षा निकायलाई समेत कार्यक्रमबारे जानकारी नभएकाले नियन्त्रणमा लिएका थियौं ।’

शाहलाई करिब तीन घण्टा प्रहरी हिरासतमा राखेर छोडिएको थियो ।