Newslaya Home

​मन्त्रालयको निर्देशनलाई नोबेलले अस्विकार गर्यो

बिहीबार २७, मङि्सर २०७५

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनलाई अस्विकार गरेको छ । 
 
 मिश्रको उपचारको क्रममा मंगलबार दिउँसो ११ बजे मृत्यु भएको थियो। 
गत साउन २ गते मोटरसाइकल दुर्घटनामा परि उपचार गराउँदा गराउँदै मृत्यु भएका मोरङको कटहरी गाउँपालिका ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव कलेजले उपचारको खर्च नदिएको भन्दै अस्पतालले शव आफ्नो नियन्त्रणमा राखेको थियो ।

 जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको निर्देशनमा चिकित्सा महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पतालमा टेलिफोन गरी शव रोकेर नराख्न निर्देशन दिएका थिए। 

तर अस्पतालले मन्त्रालयको कुरालाई वेवास्ता गर्दै पीडितबाट सबै चार्ज लिएर मात्र शव दिएको छ । बिहीबार आफन्तले अस्पतालमा एक लाख  ५३ हजार, अस्पताल भित्र रहेको फार्मेसीको ९० हजार सँगै बाहिरको फार्मेसीबाट औषधि लिएको एक लाख २५ हजार,  अस्पतालको क्यान्टिकको ३६ हजार तिरेपछि मात्र अस्पालले शव आफन्तलाई दिएको मृतक कि श्रीमती अनिता मिश्रले बताएकी छिन् । 

श्रीमानको शव निकाल्नको लागि पँच प्रतिशतको ब्याज रकममा रृण खोजेर अस्पतालमा बुझाएको मिश्रले बताएकी छिन्  

मृतक मिश्रको बिहीबार कोशी अञ्चल अस्पतालमा पोस्मार्टम गरेपछि अन्तिम संस्कार गरिएको छ।  

नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत दिपेश रायले ५० प्रतिशत रकम छुट गरेर  शव आफन्तको जिम्मा लगाएको बताएका छन्। 
 
साथै रायले मन्त्रालयबाट आफन्तलाई शव जिम्मा लगाउनको लागि आएको निर्देशन बारे अफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
 

पैसा तिर्न नसक्दा नोबेलले दिएन शव