​प्रहरीको आँखामा खुर्सानी हालेर भाग्ने प्रयास गरेपछि...

Newslaya Home

​प्रहरीको आँखामा खुर्सानी हालेर भाग्ने प्रयास गरेपछि...

बिहीबार २७, मङि्सर २०७५

हुम्ला । प्रहरीको आँखामा खुर्सानी हालेर भाग्न खोज्ने एक कैदीालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ । 

हुम्ला सर्केगाड गाउँपालिकामा प्रहरी हिरासतमा रहेका गंगे महतराले सुरक्षाकर्मीको आँखामा चाउचाउको धुलो खुर्सानी हालेर भाग्न खोजेका थिए । तर महतरालाई प्रहरीले  तत्काल निन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार महतराले बिहीबार बिहन करिब ४ बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतमा लाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सुन्द्र सिंहको आँखामा खुर्सानी हालेर भाग्न खोजेका थिए । 

हात हतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दाका अभियोग लागेका उनलाई जिल्ला अदालत हुम्लाको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।