यस्तो बन्यो ​तालतलैयाको ४२ सेकेण्डको भिडियो (भिडियो सहित)

Newslaya Home

यस्तो बन्यो ​तालतलैयाको ४२ सेकेण्डको भिडियो (भिडियो सहित)

बिहीबार ०३, माघ २०७५

इटहरी । इटहरीको चर्चित पर्यटकीय स्थल तालतलैयाको विज्ञापन भिडियो निर्माण गरिएको छ । इटहरीको नेप्ली मिडिया प्रालिले तालतलैया विकास समितिको सहयोगमा भिडियो निर्माण गरेको हो । 

४२ सेकेण्डको उक्त भिडियोमा तालतलैयाको प्राकृतिक सुन्दरतालाई ड्रोन क्यामेरा समेतको सहयोगमा देखाइएको छ । त्यहाँ हुने बोटिङ, पिकनिक, मानिसहरुको भेटघाट, बालबालिकाको खेल, घोडचढी जस्ता क्रियाकलाप देखाइएको छ । अन्तर्राष्ट्रिय मुर्ती कार्यशालाबाट निर्माण गरिएका मुर्तीहरुलाईसमेत सो भिडियोमा समावेश गरिएको छ ।

वृत्तचित्र तथा खोज, अनुसन्धान तथा तालिमको क्षेत्रमा लामो समयदेखि सक्रिय नेप्लीको उक्त भिडियो न्युजलयको पेज तथा युट्युबमा राखिएको छ । छोटो समयमै धेरैले मन पराएका छन् ।