​अधिकृत र नायव सुब्बास्तरमा ७५३ जनाका लागि खुल्यो जागिर, एक नम्बर प्रदेशमा १३७ कोटा

Newslaya Home

​अधिकृत र नायव सुब्बास्तरमा ७५३ जनाका लागि खुल्यो जागिर, एक नम्बर प्रदेशमा १३७ कोटा

शुक्रबार ०४, माघ २०७५

काठमाडौं । सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि आवेदन खुलाइएको हो।

शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यालयको वेवसाइटबाट आवेदन दिन सक्ने व्यवस्था मन्त्रालयले गरेको छ। सबैभन्दा बढी एक नम्बर प्रदेशमा १३७ जना रहेका छन्।

सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्। सरकारले संविधानप्रद युवालाई रोजगार नभए निर्वाहाभत्ताको व्यवस्था कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न थालेको हो।