​सिकार खेल्न हिँडिरहेको अवस्थामा साथीले बोकेको बन्दुक पड्किदा एकको ज्यान गयो

Newslaya Home

​सिकार खेल्न हिँडिरहेको अवस्थामा साथीले बोकेको बन्दुक पड्किदा एकको ज्यान गयो

शुक्रबार ०४, माघ २०७५

ताप्लेजुङ । ताप्लेजुङमा सिकार खेल्न जाँदा साथीले बोकेको बन्दुक पड्किएर गोली लागि एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ का देवीकुमार लिम्बु रहेका छन् । प्रहरीका अनुसार लिम्बुलाई सिकार खेल्न डिँडिरहेको अवस्थामा साथीले बोकेको बन्दुक पड्केर गोली लागेको थिायो । 

भरुवा बन्दुक बोक्ने  सुरेन्द्र तामाङ पक्राउ परेका छन्। बन्दुकसहित पक्राउ परेका तामाङलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।