​योगेश भट्टराईलाई मन्त्री बनाउन मानेनन् ओलीले

Newslaya Home

​योगेश भट्टराईलाई मन्त्री बनाउन मानेनन् ओलीले

आइतबार ०३, चैत २०७५

काठमाडौं । पर्यटनमन्त्रीको रुपमा रहेका रवीन्द्र अधिकारीको निधनपछि नयाँ मन्त्री को बन्ने भन्ने विषयमा अहिले अन्योल छ । यो विषयमा नेकपाभित्र पनि चर्चा सुरु भएको छ । 

निर्वाचनको क्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दै उनलाई जिताएर पठाए आफूले मन्त्री बनाइदिने बताएका थिए । तर ओली नेतृत्वको मन्त्रिमण्डलमा भट्टराई अटाएनन् ।

अधिकारीको ठाउँमा भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेको छ । तर पार्टी अध्यक्षसमेत रहेका ओलीले अस्वीकार गरेका छन् । प्रचण्डले भट्टराईलाई पर्यटनमन्त्री बनाउन भनेपनि ओलीले अस्वीकार गरेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउनुभन्दा पार्टीकै जिम्मेवारी दिँदा राम्रो हुने बताएको एक नेताले खुलासा गरेका छन् ।