​प्रितमको अर्को धमाकेदार प्रस्तुती

Newslaya Home

​प्रितमको अर्को धमाकेदार प्रस्तुती

आइतबार ०३, चैत २०७५


इटहरी । चर्चित भारतीय रियालिटी शो शो सारेगमप लिटिल च्याम्समा इटहरीका प्रितम आचार्यले धमाकेदार प्रस्तुती दिएका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा शनिबार भएको प्रतिष्पर्धामा उनले धमाकेदार प्रस्तुती दिएका हुन् । 

उनले शोका अर्का बलियो प्रतिष्पर्धी मोहम्मद फैजसंग संयुक्त प्रस्तुती दिएका थिए । ‘बद्रीकी दुल्हनिया’ फिल्मको शिर्ष गीत गाएका प्रितमलाई जज तथा जुरीले स्ट्याण्टिङ ओभिएसन दिए भने जुरी मेम्बरबाट सय प्रतिशत नम्बर ल्याई चार्ट बस्टर पफर्मेन्स दिएका छन् । 

भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् । 

उनको प्रस्तुतीमा नेपालका बरिष्ठ संगीतकमीहरुले यस्तो भने :
Image may contain: 1 person, text
Image may contain: 1 person, smiling, hat and text