​नेपालमै बन्ने भो कोरियाली गाडी, १० अर्ब ५४ करोडको लगानी स्वीकृत

Newslaya Home

​नेपालमै बन्ने भो कोरियाली गाडी, १० अर्ब ५४ करोडको लगानी स्वीकृत

आइतबार ०३, चैत २०७५

काठमाडौँ । दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमा आफ्नो उद्योग चलाउने भएको छ । सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी भित्राउने भएको हो । नेपाल सरकारले यो लगानी स्वीकृत गरेको हो । 

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो । 

बैठकले अरुण–३ जलविद्युत् परियोजनाको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ ।