मिटिङमा ढिलो उपस्थित हुँदा एम्बाप्पेलाई १ लाख ८० हजार युरो जरिवाना

Newslaya Home

मिटिङमा ढिलो उपस्थित हुँदा एम्बाप्पेलाई १ लाख ८० हजार युरो जरिवाना

आइतबार ०३, चैत २०७५

काठमाडौं । मिटिङमा ढिलो उपस्थित भएका कारण फ्रेन्च क्लब पीएसजीका फरवार्ड किलियन एम्बाप्पेलाई आफ्नै क्लबले १ लाख ८० हजार युरो जरिवाना गरेको छ । प्रशिक्षक थोमास टुचेलले खेल अघि राखेको मिटिङमा एम्बाप्पे ढिलो उपस्थित भएका थिए ।

पीएसजीले आज राति मार्सेसँग लिग वान् अन्तर्गतको खेल खेल्दैछ । यसै खेलको लागि टुचेलले खेलाडीहरुलाई मिटिङमा बोलाएका थिए । तर, एम्बाप्पे उपस्थित भएका थिएनन् । यसरी खेलाडीले प्रशिक्षकको भनाइ अटेर गरेपछि २० वर्षीय एम्बाप्पेलाई उक्त रकम जरिवाना गरिएको हो । 

जरिवानामा एम्बाप्पेले पनि सहमति जनाएर हस्ताक्षर गरिसकेका छन् । तर, उक्त जरिवानाको रकम भने पीएसजी फाउन्डेसनको लागि जानेछ ।