​मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाको शानदार जित

Newslaya Home

​मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाको शानदार जित

सोमबार ०४, चैत २०७५

काठमाडौं । बार्सिलोनाले ला लिगामा रियल बेटिसलाई ४–१ को अन्तरले पराजित गरेको छ  । 

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकका कारण बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल बेटिसलाई हराएको हो । जितका कारण बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको दूरी १० अंकमा पुर्‍याएको छ । 

सेभियामा भएको खेलको १८ औं मिनेटमा मेस्सीले २० यार्ड टाढाबाट गरेको प्रहार साझै गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस लगत्तै पहिलो हाफको इन्जुरी समयमा लुइस स्वारेजको पासमा मेसीले ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई अगाडी बढाएका थिए । 

६३ औं मिनेटमा लुइस स्वारेजले जेरार्ड पिकेको पासमा गोल गरेपछि बार्सिलोना तीन शुन्यले अगाडी रह्यो । २ औं मिनेटमा बेटिसले एक गोल फर्काएको थियो । उसका लागि लोरेन मोरोनले गोल गर्न सफल भए ।


तर त्यसको तीन मिनेटपछि मेस्सीले फेरि इभान राकिटिचको पासमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई चार एकको जित दिलाएका थिए ।