सुन भाउ घट्यो

Newslaya Home

सुन भाउ घट्यो

सोमबार ०४, चैत २०७५

काठमाडौं । सोमबार सुनचाँदीको भाउमा घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले घटेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी आज तोलामा ५ रुपैयाँले घटेर ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।