​विपीका उपकुलपतीको बर्खास्तको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Newslaya Home

​विपीका उपकुलपतीको बर्खास्तको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सोमबार ०४, चैत २०७५

धरान । सर्वोच्च अदालतले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारलाई बर्खास्तको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । 

गत फागुन १६ गते बसेको प्रतिष्ठानको सिनेट बैठकले उपकुलपती रौनियारलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष सिफारीस गरेको थियो ।

तर आज (सोमबार) न्यायधिश प्रकश राउनको एकल इजालासले उपकुलपती रौनियारलाई बर्खास्तको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २६ गते उपकुलपती रौनियारलाई बर्खास्त गर्न गरिएको सिफारीसलाई सदर गरेका थिए । रौनियारले अभियोग प्रमाणित नभई पदबाट हटाइएको भन्दै सर्बोच्च अदालतमा पुगेका थिए । अदालतले सरकारलाई उपकुलतिबाट डा रौनियरालाई हटाउनुको लिखित कारण समेत माग गरेको छ ।